जेम्स धनगढीको आयोजनामा वृक्षारोपण

युग संवाददाता     264 पटक पढिएको    

जेम्स धनगढीको आयोजनामा वृक्षारोपण

धनगढी / धनगढी उपमहानगरपालिका वडा नम्बर १ त्रिवेणी चोकमा वृक्षारोपण गरिएको छ ।नैनादेवी युवा क्लब अन्तर्गत जेम्स धनगढीको आयोजनामा त्रिवेणी चोक देखि रिङ रोड सडक सम्म वृक्षारोपण गरिएको हो ।

धनगढी भित्रै निर्माण सम्पन्न सबै सडकको दुवै साइडमा वृक्षारोपण गर्ने नैवादेवी युवा क्लबका सचिव अमित शाहले बताए ।हरियाली र स्वच्छ वातावरणका लागि नै वृक्षारोपण गरेको उनले बताए । सडकमा मात्रै नभएर नदी किनारमा पनि वृक्षारोपण गर्न उद्देश्य रहेको उनको भनाइ छ ।

एउटा क्लबले मात्रै नभएर वडा,नगरले पनि यस्ता कार्यहरू गरेको भए अझै प्रभावकारी हुने उनले बताए । विभिन्न प्रजातिका साढे ६ सय जति बोटबिरुवा लगाउने र अभियानलाई निरन्तरता दिने उनको भनाइ छ ।



शनिबार १८, असार २०७९ ०२:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.