बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

युग संवाददाता     393 पटक पढिएको    

बझाङ / बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुर्मा गाउँपालिका वडा नं २  रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति करिब ८ बजे घट्टे खोलामा दुर्घटनामा परेको हो । 

ट्याक्टर दुर्घटना हुँदा २७ वर्षीय नरेश बोहराको मृत्यु भएको छ । यस्तै चालक विमल बोहरासहित ६ जना घाइते भएका हुन् ।

ट्याक्टरको स्टेरिङले काम नगर्दा सडकबाट करिब २० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताए । 



शुक्रबार १७, असार २०७९ ११:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.