बलात्कारको आरोपमा शिक्षक पक्राउ

युग संवाददाता     260 पटक पढिएको    

बझाङ / युवतीलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा केदारस्यूँ गाउँपालिकास्थित सुर्मा माध्यमिक विद्यालयका शिक्षक रमेश गुर्धामी रहेको प्रहरीले जनाएको छ ।

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । असार ८ गते राति विवाहको कार्यक्रममा सहभागी भएर सुतिरहेकी युवतीलाई गुर्धामीले बलात्कार गरेका थिए ।

गुर्धामीले राति १ बजेतिर युवती सुतेको कोठामा प्रवेश गरेर बलात्कार गरेको र युवतीले यो कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता जनक ढुंगानाले बताए ।

घटनापछि फरार रहेका गुर्धामीलाई लुकेर बसेको अवस्थामा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ढुंगानाले बताए ।



बुधबार १५, असार २०७९ ०७:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.