आरक्ष पीडितका समस्या समाधान गर्छौं केन्द्रीय सदस्य एनपी साउद

युग संवाददाता     441 पटक पढिएको    

 

कञ्चनपुर असार ७  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले तत्कालीन शुक्लाफाँटा  वन्यजन्तु आरक्षबाट विस्थापितहरुको समस्या समाधान गर्ने बताएका छन्।     

कञ्चनपुरका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्बोधनका क्रममा नेता साउदले नयाँ आयोग गठन गरेर समस्या समाधान गरिने बताएका हुन्। ‘जति पनि शिविर छन्, शिविरका लागि कार्यक्रम ल्याउँछौं। आरक्षको समस्या हामी समाधान गर्छौं। आरक्ष आयोग गठन गरेर सरकारले समस्या समाधान गर्छ’ उनले भने।   


उनले सुकुम्बासीलाई भूआयोगमार्फत जग्गा दिने पनि बताए। ‘जिल्लाभित्र भूमिहीनलाई आयोगमार्फत लालपूर्जा पनि वितरण गर्छौं। यही सरकारले जग्गा दिन्छ,’ उनले भने।



मङ्गलबार ०७, असार २०७९ ०८:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal