सर्लाहीमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

युग संवाददाता     197 पटक पढिएको    

सर्लाहीमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

सर्लाही / सर्लाहीको कविलासीमा धारिलो हतियार प्रयोग गरी सोमबार राति एक युवकको हत्या भएको छ । कविलासी नगरपालिका–८ अगर्वाका २४ वर्षीय युवक अमरेन्द्र ठाकुरको सोमबार राति हत्या भएको हो ।

धारिलो हतियार प्रयोग गरी घाँटी रेटिएको अवस्थामा ठाकुरको शव फेला परेको प्रहरीले जनाएको छ । अगर्वा चोकभन्दा २ सय मिटर पश्चिममा रहेको बाँसबारीनजिक रगतले लतपतिएको अवस्थामा शव देखेपछि मंगलबार बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुवा र भाइ मिलेर अगर्वा चोकमा फर्निचर पसल सञ्चालन गर्दै आएका ठाकुर सोमबार राति खाना खान घर नपुगेपछि परिवारले राति खोजबिन गरे पनि फेला परेन । युवकको हत्यापश्चात प्रदेश प्रहरीबाट तालिमप्राप्त कुकुर झिकाइएको थियो । तर कुकुर घटनास्थलबाट सलेमपुर चोकमा पुगेर रोकिएको थियो ।

ठाकुरको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । ठाकुरको हत्याको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।



मङ्गलबार ०७, असार २०७९ ०४:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.