जबरजस्ती करणी गरी लुटपाट गरेको आरोपमा एक जना पक्राउ

युग संवाददाता     271 पटक पढिएको    

जबरजस्ती करणी गरी लुटपाट गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ / युवतीलाई प्रलोभन देखाई जबरजस्ती करणी र लुटपाट गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका का अन्दाजी २८/२९ वर्षका विश्व तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दीनेशराज मैनालीले बताए । विवाह गर्ने प्रलोभन देखाएर गेस्ट हाउसमा लगी पेय पदार्थ खुवाई युवतीको साथमा रहेको एक लाख रुपैयाँ‚ दुई तोला सुन र एउटा मोबाइल लुटी फरार भएको प्रहरीले जनाएको छ । पीडित महिलाको विस्तृत स्वास्थ्य परीक्षण गराई अनुसन्धानको कार्य सुरु गरिएको प्रहरी उपरीक्षक मैनालीले बताए ।

आइतबार राति ११ बजे प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको विशेष टोलीले आरोपित तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



मङ्गलबार ०७, असार २०७९ ०४:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.