प्रधानमन्त्री देउवाद्वारा धनगढी उपमहानगरको नवनिर्मित भवन उद्घाटन

युग संवाददाता     935 पटक पढिएको    

 


धनगढी असार ४ प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन्। शुक्रबार सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले शनिबार धनगढी उपमहानगरको नवनिर्मित भवन उद्घाटन गरेका हुन्।
 
उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सरिक हुन हिजो कञ्चनपुर आएका थिए। त्यस्तै, नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिले आयोजना गरेको स्थानीय पालिकाहरूमा निर्वाचित नौ ओटै स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान र शुभकामना आदानप्रदान कार्यक्रममा पनि प्रधानमन्त्री देउवा सहभागी भएका थिए।

यसैबीच हिजो नै सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएर धनगढी पुगेका प्रधानमन्त्री देउवासँग उपमहानगरपालिकाका मेयर गोपाल हमालले पनि भेट गरेका थिए।



शनिबार ०४, असार २०७९ १०:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal