सेती नदीमा खसेर डोटीकी युवतीको मृत्यु

युग संवाददाता     510 पटक पढिएको    

सेती नदीमा खसेर डोटीकी युवतीको मृत्यु

डोटी, / सेती नदीमा खसेर डोटीकी एक युवतीको मृत्यु भएको छ। आदर्श गाँउपालिका– ६ की १८ वर्षीया ढुल्लु अधिकरीको काठले बनाएको साँघुबाट खसेर मृत्यु भएको हो।

बिहिबार बिहान आदर्श–६ गिरीचौकाको बबिनादेखि बैतडीको सिगास गाउँपालिका–७ साङडामा रोपाईँका लागि जाँदै उनी साँघुबाट खसेको स्थानीय गणेश खडायतले बताए। 

गत कात्तिकमा परेको अबिरल वर्षाका कारण गिरीचौका र बबिना जोड्ने झोलुङ्गे पुल बगाएको थियो। 



बिहिबार ०२, असार २०७९ ०१:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal