कञ्चनपुरको शुक्लाफाँटामा टेलिकमको सेवा चार दिनदेखि अवरुद्ध

युग संवाददाता     509 पटक पढिएको    

कञ्चनपुरको शुक्लाफाँटामा टेलिकमको सेवा चार दिनदेखि अवरुद्ध

कञ्चनपुर / जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध छ। टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ। टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ।​

टेलिकम महेन्द्रनगर शाखाका प्रमुख प्रितम भट्टलेअप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको जानकारी दिए। सेवा सञ्चान नहुँदा सेवाग्राही समस्यामा परेका छन्। टेलिकम अत्तरिया शाखाका वरिष्ठ इञ्जनिियर प्रकाश भट्टले अप्टिकल ब्रेक भएका ठाउँमा मर्मत चलिरहेको बताए।

अम्मरपुर–कलुवापुर खानेपानी उपभोक्ता समिति र झलारीमा सहरी विकास आयोजनाले निर्माण गरिरहेको सडकमा अप्टिकल फाइबर धेरै ठाउँमा काटिदिँदा सेवा अवरुद्ध भएको बताइएको छ।

अन्धाधुन्धरूपमा डोजर प्रयोग गर्ने उपभोक्ता समिति र ठेकेदारलाई कानुनी कारबाही गर्न सेवाग्राहीले माग गरेका छन्। टेलिकम महेन्द्रनगर शाखाका प्रमुख भट्टले टेलिकमको लाइन काट्नेलाई कानुनी कारबाहीका लागि पत्राचार गर्ने जानकारी दिए।



मङ्गलबार ३१, जेठ २०७९ ०१:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal