सुदूरपश्चिम पलम्बर एशोसिएसनको नयाँ नेतृत्व चयन

युग संवाददाता     253 पटक पढिएको    

सुदूरपश्चिम पलम्बर एशोसिएसनको नयाँ नेतृत्व चयन

धनगढी / सुदूरपश्चिम प्लम्बर एशोसियसनको नयाँ नेतृत्व चयन भएको छ । धनगढीमा भएको एशोसियसनको पहिलो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । पहिलो साधारण सभाले अध्यक्षमा भण्डारीराम रानालाई चयन गरेको छ ।

नयाँ कार्य समितिको उपाध्यक्षमा जगदिश चौधरी, सचिवमा राजकुमार राना, सहसचिवमा नेत्रप्रसाद ढकाल र कोषाध्यक्षमा हेमराज चौधरी रहेका छन् । त्यसैगरी सदस्यहरुमा सन्तोष चौधरी, तुल्सी चौधरी, देशराज चौधरी, दिलबहादुर चौधरी, जीवन चौधरी र सुरेश चौधरी रहेका छन् । सल्लाहकार सदस्यमा प्रेम कँडेल रहेका छन् ।

यसअघि साधारण सभाको आर्किटेक ईन्जिनियर रोशन शाहीले उद्घाटन गरेका थिए । उद्घाटन समारोह तदर्थ समितिका अध्यक्ष हिरालाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।



सोमबार ३०, जेठ २०७९ ०८:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.