काङ्ग्रेस, एमालेका नेता नागरिक उन्मुक्ति पार्टीमा

युग संवाददाता     356 पटक पढिएको    

काङ्ग्रेस, एमालेका नेता नागरिक उन्मुक्ति पार्टीमा

धनगढी / कैलालीमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता कार्यकर्ताहरू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । आइतबार टीकापुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा काँग्रेस महासमिति सदस्य अरुण चौधरी, जानकी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका काङ्ग्रेस नेता प्रदीपकुमार चौधरी सो पार्टीमा प्रवेश गरेका छन् ।

उनीहरुको नागरिक उन्मुक्ति प्रवेशले कैलालीको क्षेत्र नम्बर १ र २ मा सो पार्टी थप बलियो भएको छ । यसैगरी, नेकपा (एमाले) का केन्द्रीय निर्वाचन आयोगका पूर्वसदस्य केवालाल चौधरी र नेता लालवीर चौधरी पनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । केवालाल नेकपा (एमाले) बाट निर्वाचित भई यसअघि साविक प्रतापपुर गाविसको अध्यक्ष भएका थिए । त्यस्तै, लालवीर भने रेशमलाल चौधरीका बुबा हुन ।

उनी २०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ (क) बाट नेकपा (एमाले) को तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका थिए । उनीहरुलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र प्रवक्ता दामोदर पण्डितले आफ्नो पार्टीमा स्वागत गरे ।  यसैगरी, नागरिक उन्मुक्ति पार्टीले कैलालीको घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकामा आइतबार आफ्नो संगठन विस्तार गरेको छ । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर सो पार्टीले संगठन विस्तारलाई तीव्रता दिएको हो । 



आइतबार २९, जेठ २०७९ ०८:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.