कैलालीमा ट्रयाक्टरले पावर टिलरलाई ठक्कर दिँदा पावर टिलर चालकको मृत्यु

युग संवाददाता     205 पटक पढिएको    

कैलालीमा ट्रयाक्टरले पावर टिलरलाई ठक्कर दिँदा पावर टिलर चालकको मृत्यु

धनगढी / कैलालीमा ट्रयाक्टरले पावर टिलरलाई ठक्कर दिँदा पावर टिलर चालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ गेटीका २० वर्षीय सुवास चौधरीको ज्यान गएको हो ।

शनिबार विहान अत्तरियातर्फ जाँदै गरेको गोदावरी नगरपालिका–८ का २५ वर्षीय ललित चौधरीले चलाएको से १ त ३१०१ नम्बरको ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेको पावर टिलरलाई छ लेन सडकमा ठक्कर दिएको थियो । ट्रयाक्टरको ठक्करबाट चौधरीको शरीर, टाउकोमा गम्भीर चोट लागेको थियो ।

उनलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । चौधरीको सेती अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुवै सवारी साधन र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।



शनिबार २८, जेठ २०७९ ०४:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.