लागुऔषध कारोबारीको कोठाबाट थप खैरो हेरोइन बरामद

युग संवाददाता     421 पटक पढिएको    

लागुऔषध कारोबारीको कोठाबाट थप खैरो हेरोइन बरामद

कैलाली / कैलाली प्रहरीले लागुऔषध खैरो हेरोइनका कारोबारमा संलग्नको डेराबाट ठूलो परिमाणमा थप खैरो हेरोइन र नगद लगायतका सामान बरामद गरेको छ ।

प्रहरीले केहि दिन अगाडि कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ४२ वर्षीय डबबहादुर तामाङ, ४० वर्षीय कान्छा तामाङ, २८ वर्षीया अन्जु सार्की तामाङलाई लागुऔषधसहित पक्राउ गरेको थियो ।  पक्राउ परेका ती व्यक्तिहरुको डेरा कोठाबाट थप १५० ग्राम खैरो हेरोइन, तराजु र एक लाख ६४ हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिवादी डबबहादुर र अन्जु बस्ने गरेको पुनर्वास नगरपालिका–३ स्थित डेरा कोठामा खानतलासी गर्दा थप खैरो हेरोइन, नगद, पुरिया बनाउन प्रयोग हुने धागो, कैची बरामद भएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । यसैगरी, प्रहरीले धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय हेम खत्रीलाई पनि खैरो हेरोइनसहित पक्राउ गरेको छ । 
 



शनिबार २८, जेठ २०७९ ०४:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.