प्रतिनिधिसभा निर्वाचन १० मंसिरभित्रै

युग संवाददाता     352 पटक पढिएको    

प्रतिनिधिसभा निर्वाचन १० मंसिरभित्रै

काठमाडौँ / सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रतिनिधि सभा निर्वाचन आगामी १० मंसिरभित्रै गर्ने गरी अघि बढेका छन् ।

स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आगामी १० मंसिरभित्रै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी छलफलमा जुटेका हुन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनको परिणामको समीक्षासहित प्रतिनिधि सभा निर्वाचन मिति अनौपचारिक छलफल भएको थियो । यसअघि १० र २१ मंसिर २०७४ गरी दुई चरणमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको थियो ।

त्यसबखत प्रदेश सभाको निर्वाचनसमेत सोही मितिमा सम्पन्न भएको थियो । ७ सय ५३ वटै स्थानीय तहमा एक साथ निर्वाचन सम्पन्न गरेको निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनका लागि आयोग तयार रहेको बताएको छ ।



बिहिबार १९, जेठ २०७९ ०८:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal