बाग्मतीमा सरकार परिवर्तनको तयारीमा कांग्रेस

युग संवाददाता     548 पटक पढिएको    

बाग्मतीमा सरकार परिवर्तनको तयारीमा कांग्रेस

 

काठमाडौं / बाग्मती प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको तयारीमा नेपाली कांग्रेस लागेको छ । कांग्रेसबाट पार्टीको प्रदेश सभापतिसमेत रहेका संसदीय दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको छ ।

प्रदेश प्रवक्ता प्रभात तामाङले यसअघि सरकार गठन भएको बेला आध कार्यकाल नेकपा एकीकृत समाजवादीले र आधा कार्यकाल कांग्रेसले सरकार चलाउने सहमति भएको र सहमतिअनुसारको आधा कार्यकाल एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गरिसकेको बताए ।

उनले अब कांग्रेसले सरकारको नेतृत्व पाउनुपर्ने बताए । आधा कार्यकाल सकियो । अब त पालो कांग्रेसको हो । ४ कात्तिकमा बसेको कांग्रेसँगै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाको बैठकमा प्रदेशसभा कार्यकालको आधा९आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।



शनिबार १४, जेठ २०७९ ०४:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal