बुढीगंगा नगरपालिकामा पुन मतदान हुने  सीडीओ र प्रहरी प्रमुख हटाउन निर्देशन

युग संवाददाता     480 पटक पढिएको    

बुढीगंगा नगरपालिकामा पुन मतदान हुने  सीडीओ र प्रहरी प्रमुख हटाउन निर्देशन

 

बाजुरा  जेठ १२  बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुनस् निर्वाचन गर्ने निर्णय गरेको हो ।


आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाई अरु कर्मचारी पठाएर निर्वाचनको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । उनीहरुलाई निर्वाचन कसुर अनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । अबको निर्वाचन कार्यक्रम निर्वाचन अधिकृतको कार्यालयले नै तोक्ने छु आयोगका एक अधिकारीले भने ।

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

नगरपालिकाका कूल दश वटा वडामध्ये ६ वटा वडामा अत्यधिक विवाद थियो । २, ३, ४, ५, ७ र ९ नम्बरमा रहेका मतदान केन्द्रमा स्वतन्त्र मतदान हुन नसकेको स्थानीय मतदाताको भनाइ छ । २, ३, ५ र ९ नम्बर वडाका मतदान स्थललाई नेकपा एमालेका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका थिए भने कांग्रेस कार्यकर्ताहरुले वडा नम्बर ४ र ७ लाई नियन्त्रणमा लिएर आफू अनुकूल एकोहोरो मतदान गरेका थिए । बुढीगंगामा उत्पन्न विवादवारे अध्ययन गर्न निर्वाचन आयूक्त सगुन सम्शेर जबरासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाजुरा पुगेको थियो ।

सुरुमा सदरमुकाम मार्तडी आएर उनले सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, मतदानमा खटिएका निर्वाचन अधिकृतलगायतसँग घटनाबारे बुझ्ने काम गरेको थिए । दोस्रो दिन उनी बुढीगंगास्थित भानोदय माविको स्थलगत अध्ययन गर्न पुगेका थिए । उनैले बुझाएको प्रतिवेदनको आधारमा आयोगले पुनःमतदाना गराउने निर्णय गरेको हो । नेपाली कांग्रेसले पनि उक्त घटनाप्रति खेद व्यक्त गर्दै आयोगलाई पुनःनिर्वाचन गराउन माग गर्दै ध्यानाकर्षण गराएको थियो । एमालेले यथास्थितमा मतगणना हुनुपर्ने अडान राखेको थियो ।



बिहिबार १२, जेठ २०७९ ०९:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.