गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै  हस्ताक्षर संकलन

युग संवाददाता     744 पटक पढिएको    

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै  हस्ताक्षर संकलन

धनगढी जेठ १२  गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सुदूरपश्चिमवासी आन्दोलित भएका छन्। कैलालीको अत्तरिया र धनगढीमा मेडिकल कलेज सञ्चालनका लागि दबाब दिँदै स्थानीय आन्दोलित भएका हुन्। 

नेपाल सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको र तत्काल सञ्चालनका लागि नागरिक दबाब समूह धनगढीले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ। 


नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार आज बिहानैबाट धनगढीमा हस्ताक्षर संकलन र धर्ना थालिएको छ। यस्तै जेठ १२ गते दिउसो १ बजे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, ४ बजे एलएन चोकमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम तय भएको छ।


जेठ १३ गते बिहान ८ बजे गेटा मेडिकल कलेजमा सांकेतिक विरोध स्वरुप नागरिक स्तरबाट स्वास्थ्य सेवा परीक्षण गर्ने कार्यक्रम रहेको दबाब समूहले जनाएको छ।



बिहिबार १२, जेठ २०७९ ११:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal