निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्नेछौं  प्रधानमन्त्री देउवा

युग संवाददाता     775 पटक पढिएको    

निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्नेछौं  प्रधानमन्त्री देउवा


काठमाडौं फागुन २१ प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली काँग्रेस निकट नेपाल कर्मचारी युनियनको अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता जनाएका हुन् ।

‘सङ्घीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी निजामती सेवालाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको छ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले मुलुक सङ्घीय संरचनामा गएपछि कर्मचारी समायोजन गर्दा देखिएका समस्या पनि समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।



शनिबार २१, फागुन २०७८ ०५:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal