एमसीसी नागरिकको चहाना विपरीत छ  नेता भट्ट

युग संवाददाता     628 पटक पढिएको    

एमसीसी नागरिकको चहाना विपरीत छ  नेता भट्ट

एमसीसी नागरिकको चहाना विपरीत छ  नेता भट्ट

 
धनगढीः राष्ट्रिय जनमोर्चा पार्टीका महासचिव मनोज भट्टले पूरानै कानुनमा टेकेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी टेबुल भएको बताएका छन्।


धनगढीमा सम्पन्न भएको प्रदेश सम्मेलनका निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजना गरिएको पत्रकार सम्मलेनमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘अहिलेको कानून अनुसार एमसीसी संसदमा टेबुल गर्न मिल्दैन,’ उनले भने, ‘पूरानै कानूनमा टेकेर एमसीसी टेबुल गरिएको हो।’ भट्टले एमसीसी नागरिकको चहाना विपरीत भएको भन्दै खारेज हुनुपर्ने माग राखेका छन्। 


कैलालीको धनगढीमा जारी राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन गत ७ गते सम्पन्न भएको थियो। सोही सम्मलेनबाट नन्दराज भट्ट नेतृत्वको नयाँ प्रदेश समिति गठन भएको आज बताइएको छ। सम्मेलनले गरेका निर्णयहरु पनि प्रदेश अध्यक्ष भट्टले नै सार्वजनिक गरेका छन्। उक्त सम्मेलनले विभिन्न प्रस्तावहरु समेत पारी गरेको छ। जसमा गणतन्त्र, राष्ट्रियताको रक्षा, संघीयता खारेज, कालापानीबाट भारतीय सेना फिर्ता, अतिक्रमित भूमि फिर्ता, एमसीसी खारेज लगायतका प्रस्तावहरु पारित गरिएको छ। 



सोमबार ०९, फागुन २०७८ ०४:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal