कमल थापाको नेतृत्वमा राप्रपा नेपाल घोषणा

युग संवाददाता     778 पटक पढिएको    

कमल थापाको नेतृत्वमा राप्रपा नेपाल घोषणा

काठमाडौं, फागुन ७ गते । कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै थापाले राप्रपा नेपाल घोषणा गर्नुभएको हो ।

गत मङ्सिरमा सम्पन्न राप्रपाको निर्वाचनमा राजेन्द्र लिङ्देनसँग थापा पराजित हुनुभएको थियो । थापाले महाधिवेशनमा निर्मल निवासले हराएको निष्कर्ष निकाल्नु हुँदै छानबिन गर्नुपर्ने माग गर्नुभएको थियो । तर, लिङ्देनले यस विषयमा कुनै चासो नदेखाउनुभएपछि थापाले नयाँ पार्टी गठन गर्नुभएको हो ।

लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा नेपालमा थापा अध्यक्ष बन्नुभएको हो । लाक्पाले थापालाई अध्यक्ष स्वीकारेर पार्टी कमल थापाको जिम्मा लगाउनुभएको हो । तत्कालीन राप्रपा नेपाल राप्रपामा समाहित भएपछि लाक्पाले राप्रपा नेपाल आफ्नो नेतृत्वमा दर्ता गराउनुभएको थियो ।



शनिबार ०७, फागुन २०७८ ०६:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.