पार्टीको पक्षमा जनमत सृजना गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

युग संवाददाता     769 पटक पढिएको    

पार्टीको पक्षमा जनमत सृजना गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

 

कञ्चनपुर फागुन २। नेपाली कांग्रेस कञ्चनपुरले आसन्न स्थानीय तह चुनावका लागि स्वैच्छिक ढंगले उम्मेदवारी घोषणा नगर्न कार्यकर्ताहरुलाई सचेत पारेको छ।

आइतबार एक सूचना जारी गर्दै पार्टीले आधिकारीक उम्मेदवार तय नर्गदासम्म सामाजिक सञ्जाल, पत्रिका र अन्य माध्यमहरुमा आफू खुसी उम्मेदवारी घोषणा नर्गन भनेको हो।सरकारले बैशाख ३० गते स्थानीय निर्वाचनको मिति तय गरेको र उक्त निर्णय स्वागतयोग्य भएको कांग्रेस कञ्चनपुरले जनाएको छ।

यसैगरी, पार्टीको पक्षमा जनमत सृजना गर्न कार्यकर्तालाई निर्देशन दिएको छ। कांग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टद्धारा जारी सूचनामा पार्टीका सबै तह र तप्कामा रहेकाहरुलाई निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याउन आ–आफ्नो क्षेत्रमा सक्रिय भई लाग्न अनुरोध गरिएको छ।



सोमबार ०२, फागुन २०७८ ०२:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal