एमसीसीबारे देउवा र प्रचण्डबीच छलफल

युग संवाददाता     606 पटक पढिएको    

एमसीसीबारे देउवा र प्रचण्डबीच छलफल


काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसीबारे छलफल भएको छ । अग्निप्रसाद सापकोटालाई सभामुखबाट हटाए एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमाले सहमत रहेको भन्दै समाचार आएपछि सोमबार बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री देउवासँग एमसीसीबारे छलफल गरेका हुन् । 

सो क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । ‘प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका हुन्,’ बालुवाटार स्रोतले भन्यो । 

एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम्म टेबुल गरिएको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका बेला नेताहरू छलफलमा जुटेका हुन् । गठबन्धन दलकै शीर्ष नेताहरूबीच एमसीसीबारे फरक फरक धारणा सार्वजनिक हुँदै आएको छ । 

एमसीसी पारित गर्ने चर्चा चल्नासाथ चीनको दबाब कम्युनिष्ट नेताहरुलाई पर्नासाथ निर्णयको रङ्ग बदलिन थाल्ने गरेको छ । सत्ताधारी गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी आसन्न तीन वटै निर्वाचन मिलेर जानुपर्छ भन्नेमा एकमत देखिए पनि प्रमुख सत्ताधारी नेपाली कांग्रेसले एमसीसी पारित गर्न गरेको आग्रहमा भने टाढिने गरेका छन् । 

शनिबार साँझमात्रै पनि चिनियाँ पक्षबाट टेलिफोन कुराकानी हुनासाथ प्रचण्डको बोली फेरिएको स्रोतको दाबी छ ।



सोमबार १७, माघ २०७८ ०६:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.