बुँगल नगरपालिकामा चितुवा मृत अवस्थामा फेला

युग संवाददाता     808 पटक पढिएको    

बुँगल नगरपालिकामा चितुवा मृत अवस्थामा फेला


बझाङ माघ १५। बझाङमा एक चितुवा मृत अवस्थामा फेला परेको छ। बझाङको बुँगल नगरपालिका  ४ को रम्तेली गाँउनजिकै चितुवा मृत अवस्थामा फेला परेको हो ।


स्थानीय सुरेश कुवँरका उनका अनुसार चितुवालाई गोली लागेको छ। उक्त चितुवालाई सिकारीले गोली हानेको र चितुवा भाग्ने क्रममा गाउँ नजिकै मरेको हुन सक्ने अनुमान लगाइएको छ । घटनाको अनुसन्धान गर्न प्रहरी उक्त स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।



शनिबार १५, माघ २०७८ ०३:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal