दार्चुलामा प्रहरी कार्यालयमै झडप हबल्दार घाइते

युग संवाददाता     788 पटक पढिएको    

दार्चुलामा प्रहरी कार्यालयमै झडप हबल्दार घाइते


धनगढी पुस २९  दार्चुलामा प्रहरी चौकीमा प्रहरीहरूबीच झडप हुँदा एक हवल्दार घाइते भएका छन्।

बुधबार राति मालिकार्जुन प्रहरी चौकीमा कार्यरत प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो।

सवारी साधन जाँचको विषयलाई लिएर विवाद भएको र विवादले उग्र रुप लिएपछि चौकी इन्चार्ज, ट्राफिक प्रहरी र प्रहरीका हबल्दारबीच झडप भएको एक प्रहरी अधिकारीले जानकारी दिए।

मालिकार्जुन प्रहरी चौकीभित्रै उनीहरुबीच झडप भएको थियो। झडपमा प्रहरी हबल्दार मदनसिंह धामी घाइते भएका छन् । उनको हात र शरीरमा चोट लागेको छ।

झडपमा संलग्न सुरक्षाकर्मीहरूलाई राति नै इलाका प्रहरी कार्यालय गोकुलेश्वर झिकाइएको छ।



बिहिबार २९, पुष २०७८ ०५:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal