मिश्र बने राष्ट्रियसभा सदस्यको उम्मेदवार

युग संवाददाता     784 पटक पढिएको    

मिश्र बने राष्ट्रियसभा सदस्यको उम्मेदवार

 


धनगढी पसु १९ नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशबाट सो पार्टीका कैलाली जिल्ला विकास समितिका पूर्व सभापति नारायणदत्त मिश्रलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ ।

मिश्र पुरुष तर्फको क्षेत्रबाट उम्मेदवार भएकी हुन । मिश्र नेपाली काँग्रेसको प्रदेश सभापतिमा पराजीत रामचन्द्र पौडेल पक्षिय हुन ।

सुदूरपश्चिममा रिक्त तीन राष्ट्रियसभा सदस्यका लागि सत्तारुढ नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा एकीकृत समाजवादीवीच गठवन्धन भएको छ ।

काँग्रेस र समाजवादीले उम्मेदवार तय गरे पनि माओवादीले गरेको छैन । माओवादीले दलित क्षेत्रबाट उम्मेदवार बनाउने सहमति छ ।

नेकपा एकीकृत समाजवादी  ले सुदूरपश्चिम प्रदेशबाट सो पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मदनकुमारी शाह ९गरिमा० लाई महिला क्षेत्रबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाइ सकेको छ ।



सोमबार १९, पुष २०७८ ०७:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal