काठमान्डौ मंसिर २८ नेपाली काँग्रेस सभापति पदका उम्मेदवार शेरबहादुर देउवालाई पहिलो चरणको सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधि दुबैले देउवालाई समर्थन गर्ने भएका छन् । देउवा प्रकाशमान र निधिलाई भेट्न उनीहरुकै निवासमा पुगेका थिए । दुबै नेताले देउवालाई दोस्रो चरणको चुनावमा समर्थन गर्न सहमती गरेका छन् । दोस्रो चरणको चुनावमा देउवालाई सहज भएको छ ।
पहिलो चरणको चुनावमा खसेको कुल मत ४६७९ मध्ये देउवालाई २२५८ मत प्रप्त गरेको थिए भने शेखर कोइरालाले १७०२, निधिले २५०, सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।
उम्मेदवारले बहुमत नल्याएपछि काँग्रेस सभापतिका लागि सर्वाधिक मत ल्याए दुई उम्मेदवार देउवा र कोइरालाबीच फेरि प्रतिस्पर्धा हुने भएको छ ।
प्रतिकृया दिनुहोस