दोस्रो चरणमा आफूले देउवालाई सघाउन नसक्ने निधीको उद्घोष

युग संवाददाता     785 पटक पढिएको    

दोस्रो चरणमा आफूले देउवालाई सघाउन नसक्ने निधीको उद्घोष

काठमाडौं  मंसिर २६। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधीले पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नकटाउने दाबी गरेका छन् ।

सभापति शेरबहादुर देउवाबाट विद्रोह गरेर सभापतिको चुनावी मैदानमा रहेका निधिले दोस्रो चरणमा आफूले देउवालाई सघाउन नसक्ने उद्घोष पनि गरेका छन् ।

आइतबार भृकुटीमन्डपमा भोट माग्न पुगेका निधीले पत्रकारहरुसँगको संक्षित कुराकानीमा दोस्रो चरणको चुनाव भएमा आफूले देउवालाई नसघाउने घोषणा गरेका हुन ।

‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउदैनन् । दोस्रो चरणमा हुने चुनावमा देउवा इतर हामी एक ठाउँ हुनेछौं’, उनले भने ।

दोस्रो चरणमा निधीले देउवालाई नै सघाउने चर्चा भइरहेका बेला निधीको यस्तो प्रतिक्रिया आएको हो । सभापतिका लागि हाल देउवा, निधी, डा।शेखर कोइराला, कल्याण गुरुङ र प्रकाशमान सिंह दौडमा छन् । 



आइतबार २६, मङि्सर २०७८ ०२:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal