धनगढी मंसिर २३ धनगढी उपमहानगरपालिकाका मेयर तथा नेपाली काँग्रेस युवा नेता नृपबहादुर वडले केन्द्रिय सदस्य दलित खुल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उनले सो पदमा उम्मेदवारी घोषणा गरेका हुन ।
नगर प्रमुख वड धनगढी नेपाली काँग्रेस नगर समितिका सभापति समेत भइसकेका छन। विद्यार्थी राजनीतिबाट शुरु गरेका उनले लामो समय पार्टीका विभिन्न गतिविधी प्रभावकारी रुपमा अघि बढाएका छन । उनले पार्टी सुदृढीकरण, शसक्त र प्रभावकारी बनाउन आफनो उम्मेदवारी घोषणा गरेका हुन ।
प्रतिकृया दिनुहोस