सुदूरपश्चिममा पौडेल–कोईराला समूहबाट मिश्र सभापतिका उम्मेदबार

युग संवाददाता     739 पटक पढिएको    

सुदूरपश्चिममा पौडेल–कोईराला समूहबाट मिश्र सभापतिका उम्मेदबार

धनगढी, १७ मंसिर नेपाली काँग्रेसको प्रथम सुदूर पश्चिम प्रदेश सभापतिमा रामचन्द्र पौडेल समूहबाट नारायण दत्त मिश्र उम्मेदवार हुने भएक छन् ।पौडेल समूहका एक नेताले भने, नतिजा जस्तो सुकै आएपनि हाम्रो समूहबाट मिश्र सभापतिका उम्मेदवार मिश्र नै हुने बताए  । बुधबार साँझ डिभोटी होटलमा सो समुहको भेला बसेको थियो ।

नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेल र डा शेखर कोईरालाले नै मिश्रलाई सभापतिमा उम्मेदवारी दिन आग्रह गरेको बताईएको छ । बरिष्ठ नेता पौडेलको अत्यन्त निकट रहेका मिश्र नेपाली काँग्रेस कैलालीका पुराना नेता हुन् ।जिल्ला विकास समिति कैलालीका सभापति रहीसकेका मिश्र पौडेल–कोईराला समूहका साझा उम्मेदवारका रुपमा प्रदेश सभापतिका रुपमा प्रतिस्पर्धा गर्नेछन् ।

धनगढीमा हिजो बसेको पौडेल समूहको बैठकले भने गोपाल गुरुङलाई सभापतिमा उठाउने निर्णय गरेको थियो । केन्द्रको निर्णयपछि भने मिश्रले सभापति पदमा उम्मेदवारी दिने भएका हुन् । यद्दपि देउवा–पौडेल पक्षधर बीचमा सहमतीका लागि पनि प्रयास जारी छ । पौडेल समूहबाट महामन्त्री पदमा आकांक्षी धेरै भएका कारण सहमती जुट्न सकेको छैन ।



शुक्रबार १७, मङि्सर २०७८ १२:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal