राजसमज चौधरीद्वारा  थारु कोटाबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा

युग संवाददाता     984 पटक पढिएको    

राजसमज चौधरीद्वारा  थारु कोटाबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा

धनगढी मंसिर १६  नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधि राजसमज चौधरीले थारु कोटाबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आज धनगढीमा पत्रकार सम्मेलन गरी चौधरीले उम्मेदवारी घोषणा गरेका हुन् ।

कैलाली निर्वाचन क्षेत्र न ३ बाट महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतका साथ निर्वाचित भएका चौधरीले नेपाली काङ्ग्रेसको  लामो राजनीतिक इतिहासमा आफ्नो मात्र नभई सिङ्गो परिवारको महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्दै आफूलाई जिताउन आग्रह गरेका छन् ।

साथै  कैलाली बहुमुखी क्याम्पसका निर्वाचित पूर्व स्ववियु उप सभापति हुन् । भने उनले कैलारी गाउँपालिकाको अध्यक्षमा हार बेहोरेका थिए ।
 



बिहिबार १६, मङि्सर २०७८ ०५:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal