काँग्रेसको  प्रदेश अधिवेशन  सभापति पदमा पाँच जनाको उम्मेदवारी

युग संवाददाता     436 पटक पढिएको    

काँग्रेसको  प्रदेश अधिवेशन  सभापति पदमा पाँच जनाको उम्मेदवारी

 

धनगढी  नेपाली काँग्रेसको इतिहासमा नै पहिलो पटक प्रदेश संरचना निर्माण हुन गइरहेको छ । मुलुक संघीयतामा गएपछि काँग्रेसले पनि पार्टी विधानमा प्रादेशिक संरचनाको व्यवस्था गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा आगामी १६ र १७ गते कैलालीको धनगढीमा प्रथम प्रदेश अधिवेशन आयोजना हुँदैछ । भने १८ गते विहानबाटै निर्वाचन हुने भएको छ ।

प्रदेश अधिवेशन प्रचारप्रसार समिति संयोजक नृपबहादुर सुनारका अनुसार अधिवेशनमा प्रदेशका नौ जिल्लाका १६ संसदीय निर्वाचन क्षेत्र र ३२ प्रदेश सभा क्षेत्रबाट गरी साढे नौ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

प्रदेश अधिवेशनका लागि काँग्रेसले केन्द्रीय सदस्य तथा मन्त्री दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ । मुल आयोजक समितिको बैठकले पाँच सय एक सदस्यीय आयोजक समिती विस्तार गरेको छ ।

त्यस्तै, काँग्रेस कैलालीका सभापति नरनारायण शाहको संयोजकत्वमा अधिवेशन मुल व्यवस्थापन समिति तथा अन्य सातवटा उपसमिति समेत गठन गरिएको छ ।

प्रदेशको नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । यो क्रममा पूर्व राज्यमन्त्री, राजदूत, जिल्ला सभापतिदेखि विद्यार्थी नेताहरूले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन् । केहीले पत्रकार सम्मेलनमार्फत त केहीले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै, प्रदेश समितिका अन्य पदमा समेत उम्मेदवारी घोषणा गर्ने क्रम अघि बढेको छ । पछिल्लो पटक कैलाली क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधि उत्तम कठायत तथा अछाम क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि वलवहादुर कुँवरले प्रदेश महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्व राज्यमन्त्री गोविन्दबहादुर शाह ९अछाम०, पूर्व राज्यमन्त्री तथा राजदूत अर्जुनजंग बहादुर सिंह ९बझाङ०, कैलाली जिल्ला सभापति नरनारायण शाह, कैलाली निर्वाचन क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमवहादुर रावल र डोटीका महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन् ।



बुधबार १५, मङि्सर २०७८ ०६:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal