डोटीमा कैदीबन्दीहरुलाई कम्प्युटर तालिम

युग संवाददाता     938 पटक पढिएको    


डोटी कारागार कार्यालयका प्रमुख लालबहादुर बोगटीका अनुसार कारागारमा रहेका १२ जना कैदीबन्दीलाई आधारभूत कम्प्युटर तालिम प्रदान गर्न लागिएको हो ।सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग र घरेलु तथा साना उद्योग कार्यालय डोटीको प्राविधिक सहयोगमा उक्त तालिम प्रदान गर्न लागिएको हो ।तालिमका लागि मन्त्रालयले चार लाख रुपैयाँ दिएको कारागार प्रमुख बोगटीले वताए । यसअघि कैदीबन्दीहरुका लागि हाउस वायरिङ तालिम सञ्चालन गरिएको घरेलु तथा साना उध्योग कार्यालय डोटीका प्रमुख दीपेन्द्र शाहले बताए । उनले भने ‘डोटीमा रहेको बाल सुधार गृहमा रहेका १० जनालाई पनि हाउस वायरिङ तालिम सम्पन्न भएको छ ।

आधारभूत कम्प्युटर तालिमको उद्घाटन गर्दै प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले मन लगाएर सीप सिक्न कैदीबन्दीहरुलाई आग्रह गरिन् ।



मङ्गलबार ३०, कार्तिक २०७८ ०२:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal