धनगढी कार्तिक २२ कैलाली कांग्रेसका नेता तथा बर्तमान उपसभापति प्रकाश बमले सभापतिको उम्मेदवारी घोषणा गरेका छन । धनगढीमा आयोजित पत्रकारहरुसंग कुरा गर्दै नेता बमले आफुले कैलाली जिल्लाको सभापति पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन । नेपाली कांग्रेसको १४ औं अधिबेशनका हुने भएकाले आफुले सभापति पदमा उम्मेद्धारी दिएको नेता बमले बताए ।
पार्टीका लागि आफ्नो जिवनको झन्डै तीन तिहाई समय खर्चेको बताउदै नेता बमले आफुलाई मत दिई जिताउन सम्पुर्ण मतदाताहरुलाई आग्रह गरेका छन । पार्टी भित्र रहेको गुट उपगुटका कारण नेपाली कांग्रेस प्रती आम कार्यकर्ताको चाहना घट्दै गैरहेको अवस्थामा आफू सभापति भएर आएपछि ती सबै समस्या समाधान गर्ने नेता बमले बताए ।
प्रशिक्षण कार्यक्रम होस अथवा अन्य समयमा कैलाली जिल्लाका सम्पुर्ण वडाहरुको भ्रमण गरिसकेको बताउदै नेता बमले ती सबै वडाबाट आफ्नालागी सहमति समेत भैसकेको बताए । पटकपटक सरेको कांग्रेसको अधिबेशनका लागि कैलालीमा यहि कार्तिक २७ गतेको मिति तय भएको छ । तर उक्त मितिमा समेत अधिबेशन हुनेमा आशंका गरिएको छ
प्रतिकृया दिनुहोस