सेती नदीमा पानीले खतराको तह पार गर्‍यो

युग संवाददाता     919 पटक पढिएको    

सेती नदीमा पानीले खतराको तह पार गर्‍यो

 दिपायल कात्र्तिक २ लगातार परेको पानीले डोटीको दीपायलमा रहेको सेती नदीमा बाढी आएको छ। नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।


भोलिसम्मै यी नदीहरुमा बाढीको जोखिम रहेको पनि महाशाखाले जनाएको छ। यस्तै देशका अरु नदी तथा खोलामा पनि बाढी आउने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। भोलीसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पर्सिदेखि पनि बादल रहने भएकाले मौसम पूरै सफा नहुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताए। शनिवार रातीदेखि देशका विभिन्न ठाउँमा लगातारको बर्षाले जनजीवन प्रभावित भएको छ।



मङ्गलबार ०२, कार्तिक २०७८ १०:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal