काठमाडौं, ११ असोज
बुद्ध एयरको जहाज दुर्घटनाबाट बचेको छ । काठमाडौंबाट विराटनगरका लागि उडेको जहाज आकाशमा दुई घण्टासम्म फन्को पारेर अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरेको छ ।
प्राविधिक समस्याको आएपछि पुनः काठमाडौंमै फर्केर आकस्मिक अवतरण गरेको जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन् ।
विराटनगरमा अवतरण गर्ने क्रममा दायाँतर्फको पंखा नखुलेपछि जहाज काठमाडौंमै फर्केको हो ।
प्रतिकृया दिनुहोस