हाम्राकुराबाट
काठमाडौं भदौ ३। प्रधानमन्त्री शेर बहादुर देउवा, एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
वालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद्को पूर्णता र समसामयिक राजनीतिका विषयमा तीन नेताबीच छलफल भएको हो ।
एकताको प्रयास जारी रहेकै बेला बुधबार नेकपा एमालेबाट अलगिएर नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले देउवा र प्रचण्डसँग सरकारमा सहभागिता बारेमा छलफल भएको बुझिएको छ ।
विशेषगरी तीन नेताले मन्त्रिपरिषद् विस्तारलाई लिएर विशेष कुराकानी गरेको बालुवाटार स्रोतले जनाएको छ । उनीहरुबीच करिब ४५ मिनेट छलफल भएको थियो ।
प्रतिकृया दिनुहोस