सडक सञ्जालसँग जोडिए चुरे गाउँपालिका  सबै वडा

युग संवाददाता     999 पटक पढिएको    

सडक सञ्जालसँग जोडिए चुरे गाउँपालिका  सबै वडा


धनगढी चैत ११ कैलालीको चुरे गाउँपालिकामा रहेका ६ वटै वडा सडक सञ्जालसँग जोडिएका छन् । जनप्रतिनिधिले गाउँपालिकामा रहेका ६ वटै वडामा  सडक पुर्याउने प्राथमिकता दिएपछि सबै वडा सडक सञ्जालसँग जोडिएका हुन् । 
गाउँपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएपछि स्थानीय बासिन्दालाई सहज भएको छ । सडक गाउँघरमै पुगेपछि स्थानीय उत्पादित बस्तुले बजार पाउन थालेको चुरे गाउँपालिका–२ का स्थानीय नरबहादुर साउँदले बताउनुभयो । 
सडक नपुग्दा स्थानीय उत्पादित बस्तु घरमै थन्क्याउन बाध्यता रहेकोमा अहिले उचित बजारमूल्य पाउन थालेको साउँदको भनाइ छ । स्थानीय उत्पादित बस्तुले उचित बजार मूल्य पाउन थालेपछि स्थानीय बासिन्दाको आयआर्जनमा बृद्धि भएको उहाँले बताउनुभयो ।No description available.


जिल्लाको पहाडी भेगमा पर्ने सो गाउँपालिका कृषि र पशुपालनका लागि उपयुक्त मानिन्छ । सुन्तला, अदुवा, कागती, बेसारको पकेट क्षेत्रका रुपमा रहेको चुरेका सबै वडामा सडक पुगेपछि स्थानीय उत्पादित बस्तुले उचित बजार मूल्य पाउन थालेको स्थानीयको भनाइ छ ।
चुरे गाउँपालिका–२ मा गएको कात्तिकमा सडक पुगेपछि उत्पादित सुन्तला लगायतका बस्तुले उचित बजार मूल्य पाउदा स्थानीय हर्षित भएको हर्कबहादुर साउँले बताउनुभयो ।
सडक नपुग्दा फलेका सुन्तला बारीमै कुहिने गरेकोमा यसपाली किसानले बारीमै प्रति किलो रु. ८० का दरले विक्री गरेको साउँदले बताउनुभयो । उहाँले यसपाली रु. एक लाखका सुन्तला विक्री गरेको बताउनुभयो । स्थानीयले सुन्तला मात्र होइन उत्पादित अन्य फलफुल विक्री गरेर मन्ग्य आम्दानी गरेको उहाँको भनाइ छ । 
सबै वडा सडक सञ्जालसँग जोडिएपछि स्थानीयबासिन्दाहरु निकै खुशी भएको स्थानीय दलबीर दमाइले बताउनुभयो । चुरे गाउँपालिकामा रहेका ६ वडा मध्ये ५ वडामा गतवर्ष नै सडक पुगेको थियो भने यस वर्ष चुरे गाउँपालिका–२ खैरालामा सडक पुगेको वडाध्यक्ष साउँदले बताउनुभयो ।
यसैगरी कैलालीको चुरे गाउँपालिका–२ र ४ मा रहेको गर्भादरबार सम्म सडक पुगेपछि गाउँपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएको गाउँपालिकाका उपाध्यक्ष दिपादेबी साउँदले बताउनुभयो । सबै वडा गाउँपालिकाको केन्द्रसम्म सडक पुगेकोले अब आगामी आर्थिक वर्षदेखि सडक स्त्तरोन्नतीको कामलाई प्राथमिकता दिइने उपाध्यक्ष साउँदको भनाइ छ । 
चुरे गाउँपालिका–२ र ४ जोड्ने झण्डै १५ किलोमिटर सडक रु. ६४ लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको छ । सो सडकको गाउँपालिकाको टोलीले स्थलगत अनुगमन गरेको छ । 
अनुगमन टोलीमा गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगर, उपाध्यक्ष दीपादेबी साउँद, वडाध्यक्ष हुकुम बोहरा, तारा साउँद, टेकबहादुर शाह, कृष्ण मल्ल, नरबहादुर तामाङ, प्रेमबहादर साउँद लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।


 



बुधबार ११, चैत २०७७ ०४:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.