देउवालाई भेट्न प्रचण्ड   बुढानीलकण्ठमा पुगे

युग संवाददाता     1113 पटक पढिएको    

देउवालाई भेट्न प्रचण्ड   बुढानीलकण्ठमा पुगे

 


काठमाडौं  फागुन २६। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएका छन् ।

देउवालाई भेट्न प्रचण्ड मंगलबार देउवा निवास बुढानीलकण्ठ पुगेका थिए। भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।
 
सत्ता सहयात्रा बारे कुराकानी भएको हो रु भन्ने प्रश्नमा भानु देउवाले भने,‘कुराकानी त भए तर अहिले त्यो सम्भावना छैन ।’

बूढानीलकण्ठमा साँझ भएको भेटमा उनीहरुबीच संसद्को बैठक सञ्चालन, सरकार र आगामी राजनीतिक प्रक्रियाका बारेमा छलफल भएको थियो । माओवादी केन्द्रको मंगलवारको स्थायी कमिटी बैठकले ती विषयमा प्रमुख प्रतिपक्षीसहित अन्य दलसँग छलफल गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नामका बारेमा परेको रिट निवेदनको सुनुवाइ गर्दै नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० मिलेर बनेको नेकपा पूर्वावस्थामा ब्यूँतिने फैसला गरेको थियो ।

 सोही फैसलाका आधारमा निर्वाचन आयोगले नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहने निर्णय गरिसकेको छ ।



बुधबार २६, फागुन २०७७ ११:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal