हाम्रा कुराबाट
काठमाडौं फाल्गुण २२ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव शान्तिपूर्ण राजनीतिमा आएकोमा बधाइ दिएका छन् ।
शनिबार पार्टी समायोजना तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले कोरेको गोरेटोमा आएको भन्दै बधाई दिएका हुन् ।
‘अन्ततः हाम्रो पार्टीकै बाटोमा आइपुग्नु भएको छ। मैंले कोरेकै गोरेटोमा आईपुग्नु भएको छ’, उनले भने, ‘यसर्थ विप्लवलाई धन्यवाद भन्न चाहान्छु ।
कार्यक्रममा उनले अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको पनि सुनाए । प्रचण्डले भने, ‘अन्ततः यही ठाउँमा, यही टिममा आउनैपर्छ । मैंले उहाँलाई धेरै पहिले पनि भनेको थिएँ।’
प्रतिकृया दिनुहोस