१३ वर्षीया छोरीलाई बलात्कार गरको आरोपमा बुवा पक्राउ

युग संवाददाता     919 पटक पढिएको    

१३ वर्षीया छोरीलाई बलात्कार गरको आरोपमा बुवा पक्राउ


काठमाडौं  आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पूर्वी नवलपरासीबाट एक बुवा पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा विनयी त्रिवेणी गाउँपालिकाका एक ३८ वर्षीय बुवा रहेका छन्। 

छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि उनी मंसिर ८ गते भारत फरार भएका थिए। ३ महिनापछि घर फर्किएका उनलाई गाउँलेको सहयोगमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत दिलीप गिरीले बताए। 


बुवाले विगत ५ वर्षदेखि जबरजस्ती करणी गर्दै आएको पीडित बालिकाले प्रहरीलाई बयान दिएको उनले बताए।



बिहिबार २०, फागुन २०७७ ०७:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal