राष्ट्रपति भण्डारीबाट फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान

युग संवाददाता     1143 पटक पढिएको    

राष्ट्रपति भण्डारीबाट फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौं  फागुन १७। राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् ।


सोमबार विहान बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।


सोमबार अपरान्ह राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नयाँ बानेश्‍वरस्थित संसद भवनमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी ताजा जनादेशमा जान आह्वान गरेकी थिइन् । तर सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनःस्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको अधिवेशन आह्वान गर्न परमादेश जारी गरेको थियो ।



सोमबार १७, फागुन २०७७ ०३:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal