 
                                                            धनगढी फागुन १५   ।  नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जुरी नेपालको संयुक्त आयोजनामा  स्थानीय तह अन्र्तरगत समन्वय समितिका पदाधिकारी हरुका लागी अपांगता अधिकार पव्रद्र्धन  सम्वन्धी कार्यशाला दुई दिने गोष्ठी सम्पन्न भएको छ । कार्यक्रमका सहभागिहरुलाई समन्वय समितिको काम कर्तव्य भूमिका तथा जिम्मेवारीबारे स्पस्टता बनाउने र अपांगता अधिकार प्रवद्र्धनका लागी अग्रसर गराउने उद्देश्य रहेको छ । राष्टय अपांग महासंघका महासचिव राजु बस्नेत प्रशिक्षक  जुरी नेपालका कार्यक्रम व्यवस्थाप अनिता भूजेल र वेदव्यास लामिछाने सहभागि रहेको थिए । भने  तालीममा ३५ जनाको सहभागिता थियो ।  कैलारी गाँउपालिका धनगढी उपमहानगरपालिका जिल्ला समन्वय समिति अपांगता क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाकाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।  कार्यक्रमको उद्घाटन धनगढी उपमहानगरपािलकाकी उप प्रमुख सुशिला मिश्र भट्टले गर्नु भएको थियो । 
सामाजिक विकास अधिकृत लिला नेपालीले संचालन र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ अध्यक्ष चक्र विकले कायक्रमको समापन  गरेका थिए । 
प्रतिकृया दिनुहोस