काँग्रेसले  कुनै पनि गुट संग सहकार्य नगर्ने नेता साउद

युग संवाददाता     909 पटक पढिएको    

काँग्रेसले  कुनै पनि गुट संग सहकार्य नगर्ने   नेता  साउद

धनगढी फागुन १६  - पूर्व मन्त्री तथा नेपाली काँगेसका केन्द्रीय सदस्य   एनपी साउदले सत्ता साझेदारीका लागी  नेपाली काँग्रेसले  कुनै पनि गुट संग सहकार्य नगर्ने बताएका छन् । 

 नेपाल प्रेस यूनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले  सो कुरा बताएका हुन्।

उनले भने, “सत्ता साझेदारी व्याक्तिसँग गर्ने हैन्। व्याक्तिका रुपमा ओलीसँग पनि गर्दैनौ, प्रचण्सँग पनि गर्दैनौ। उहाँहरुको पार्टी विभाजन भयो, हामीले नीति, कार्यक्रम र योजनासँग सहमति हुन्छ। मुलुक अस्थिरताको बाटोमा लागेरहेको छ। यो अस्थिरताबाट बाहिर निकाल्नका लागि पनि एक वर्षभित्र, वा एक वर्षमा निर्वाचन गर्न आवस्यक छ। जुन शक्ति निर्वाचनका लागि तयार हुन्छ। निर्वाचनमा सँग–सँंगै जानलाई तयार हुन्छ र जुन शक्ति प्रजातन्त्रलाई सुदृड बनाउन नीति र कार्यक्रम ल्याउन अगाडि आउछ, त्यसैसँग हाम्रो सहकार्य हुन्छ।”


नेपाल कम्युनिष्ट पार्टी  नेकपा विभाजनको बिषय स्पष्ट भएपछि मात्र हुने सहकार्यको बिषय अगाडि बढ्ने उनले बताए। 



आइतबार १६, फागुन २०७७ ०६:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal