विवेक मिश्र, / हाम्राकुराबाट
मोरङ फाल्गुण ९ । संसद् विघटनको पक्षमा फैसला भए लोकतान्त्रिक व्यवस्था नै सत्तम हुने काँग्रेस नेता कृष्ण सिटौलाले बताएका छन् ।
आइतबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले प्रधानमन्त्रीले गरेको असंवैधानिक कदमको विपक्षमा फैसला भए मात्र लोकतान्त्रिक व्यवस्थाको रक्षा हुनसक्ने बताएका छन् ।
पूर्व महामन्त्री समेत रहेका नेता सिटौलाले अदालतले संविधानको पक्षमा फैसला गर्नेमा आफू विश्वस्त रहेको बताए । नेता सिटौलाले प्रधानमन्त्रीले संविधानमाथि आक्रमण गरेको समेत आरोप लगाए ।
प्रतिकृया दिनुहोस