बैतडीमा बुवाले गरे गोली हानी छोरीको हत्या

युग संवाददाता     1235 पटक पढिएको    

बैतडीमा बुवाले गरे गोली हानी छोरीको हत्या

 

बैतडी माघ २४   बैतडी जिल्लामा बुवाले  आफ्नै छोरीलाई  गोली हानी  हत्या गरेका छन्।
   पुरचौडी नगरपालिका १० धौबिसौनामा घरायसी बिवादका कारणले स्थानीय धनबहादुर महराले आफ्नै अन्दाजी २० बर्षिया छोरी बेलमतीलाई गोली प्रहार गरेका छन् ।
  

भरुवा बन्दुकले छोरीको पछाडिबाट पिठ्युमै गोली प्रहार गरेर आफू जंगलतिर भागेको स्थानीय किशोर धामीले जानकारी बताए  । मृतक बेलमतीको एक बर्षिय छोरा समेत रहेको स्थानीयले  जानकारी दिए ।

छोरा काखमै रहेका बेला उनीमाथि भरुवा बन्दुक प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। महराले केही समय अघि आफ्नै भैसीमाथि बन्दुक प्रहार गरेर मारिदिएको स्थानीयले बताउँछन्।

घटनास्थलतर्फ स्थानीय पुरघाट प्रहरी चौकीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी जनक धामीले बताए।श्रीमान् श्रीमतिको झगडा हुँदा छोरी छुट्याउन जाने क्रममा हत्या गरेको भन्ने जानकारी आएको उनले बताए।



शनिबार २४, माघ २०७७ ०७:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal