पार्टीको आधिकारिकता र चुनाव चिन्ह हामीसँगै छः प्रवक्ता श्रेष्ठ

युग संवाददाता     903 पटक पढिएको    

पार्टीको आधिकारिकता र चुनाव चिन्ह हामीसँगै छः प्रवक्ता श्रेष्ठ

रातोपाटी संवाददाताबाट 

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले पार्टीभित्र रहेको अन्तरसंघर्ष अग्रगमन र प्रतिगमनबीचको भएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको बाटो हिँड्न खोजेको समेत आरोप लगाए । 
मंगलबार राजधानीमा नेकपा बिटमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीहरुसँगको छलफलमा प्रवक्ता श्रेष्ठले संविधान अनुसार संसद सुचारू हुने समेत दावी गरे । 
सरकार बन्न नसक्ने अवस्थामा मात्रै अर्को चुनावमा जान सकिने भन्दै उनले अहिले प्रधानमन्त्रीले सत्ताको दुरुपयोग गर्दै संवैधानिक निकायमाथि हस्तक्षेप बढाउन खोजेको आरोप लगाए । 

‘अदालत, निर्वाचन आयोगमा सेटिङ मिलाएको छ भन्ने हल्ला चलाएको भरमा हुँदैन । सेटिङ मिलाएको भन्नु संवैधानिक निकायमाथिको अवहेलना हो । यदि यी निकायलाई दबाबमा राख्न खोजेमा जनता जाग्नेछन्, यस्तो हुन जनताले दिँदैनन् , उनले भने । 
श्रेष्ठले पार्टीको आधाकारिता र  चुनाव चिन्ह आफूहरुसँगै रहेको पनि दावी गरे । उनले भने,  ‘पार्टी ऐनले प्रस्ट भनेको छ, तत्कालिन पार्टीको बहुमत सदस्य भएको पार्टी मुख्य पार्टी  हो । अर्को पक्षको ४० प्रतिशत पुगेमा पार्टीको मान्यता दिने भनेको छ ।



मङ्गलबार २१, पुष २०७७ ०३:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal