प्रहरी हत्याकाण्डका मुख्य योजनाकार सार्वजनिक

युग संवाददाता     1084 पटक पढिएको    

प्रहरी हत्याकाण्डका मुख्य योजनाकार सार्वजनिक

 

धनगढी,१३ पौष –कैलालीको अस्थायी प्रहरी पोस्ट जुगेडामा कार्यरत दुई प्रहरीको हत्यामा संलग्न मुख्य योजनाकार भनिएका एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुक बहादुर  भनिने अमर रानालाई सार्वजनिक गरेको हो।
 
तस्करीको ट्रान्जिट क्षेत्र मानिने धनगढी जुुगेडा क्षेत्रमा तस्करहरूको गिरोह र गस्तीमा रहेका प्रहरीबिच दोहोरो झडप भई घटना घटेको प्रहरीको निष्कर्ष छ।
घटनामा मुख्य भूमिका रानाकै रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए । घटना लगत्तै भारत पसेका रानालाई नेपालतर्फ आइरहेको भन्ने विशेष सूचनाका आधारमा पौष १२ गते बेलुकी सात बजे पक्राउ गरिएको उनले बताए । 
यस अघि पक्राउ परेका ९ जना मध्ये एक जना धरौटीमा छुटेका थिए भने ८ जनालाई पुर्पक्षका लागी कारागार चलान गरिएको छ ।
 
गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएका थिए।
बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए। मृतक दुवै जनाको एक तह पदोन्नति गरिएको जबराले बताएका छन् । 



सोमबार १३, पुष २०७७ ०३:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal