प्रधानमन्त्री ओलीले यसरी सडकमा पुर्‍याए पूर्वप्रधानमन्त्री प्रचण्ड, माधव, झलनाथहरू

युग संवाददाता     1710 पटक पढिएको    

प्रधानमन्त्री ओलीले यसरी सडकमा पुर्‍याए पूर्वप्रधानमन्त्री प्रचण्ड, माधव, झलनाथहरू


काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध सरकारको बिरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायत सडक आन्दोलनमा उत्रिएका छन्।

माइतिघर सडकमा बसेर पूर्वप्रधानमन्त्रीहरूसहितका नेकपाका अन्य नेता तथा कार्यकर्ता ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित शुक्रबार सडक प्रदर्शनमा उत्रिएका हुन्।

संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका उनीहरूको यो पूर्वघोषित कार्यक्रम हो। बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने उनीहरूले घोषणा गरेका थिए।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।



शुक्रबार १०, पुष २०७७ ०५:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal