प्रचण्ड–नेपाल समूहले माधव नेपाललाई बनायो नेकपाको अध्यक्ष

नेकपा विवाद

युग संवाददाता     1394 पटक पढिएको    

प्रचण्ड–नेपाल समूहले माधव नेपाललाई बनायो नेकपाको अध्यक्ष


प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई नेकपाको अध्यक्ष बनाएको छ । 

काठमाडौंको बबरमहलमा जारी रहेको बैठकले केपी ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरिसकेको छ ।

बैठकमा केन्द्रीय सदस्य प्रभु साहले पार्टीमा दुई अध्यक्ष नभई एकल अध्यक्ष हुनुपर्ने फरक मत राखेका थिए । तर, उनको मत अस्वीकृत भएको थियो ।

त्यसैगरी कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा लैजाने निर्णय केन्द्रीय कमिटीले गरेको छ । 



मङ्गलबार ०७, पुष २०७७ ०७:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal