कांग्रेस पदाधिकारी बैठक  संसद अधिवेशन माग गर्ने, अध्यादेशको जनस्तरबाटै विरोध गर्ने

युग संवाददाता     921 पटक पढिएको    

कांग्रेस पदाधिकारी बैठक  संसद अधिवेशन माग गर्ने, अध्यादेशको जनस्तरबाटै विरोध गर्ने


काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा सरकारले हिजो मंगलबार ल्याएको संवैधानिक परिषद् सम्वन्धि अध्यादेशबारे छलफल भइरहेको छ।


बैठकमा अध्यादेश फिर्ता गर्न सरकारलाई दबाब दिने, संसदको विशेष अधिवेशनको माग गर्ने र सरकारले ल्याएको अध्यादेशको जनस्तरबाटै देशव्यापि रुपमा विरोध गर्नेबारे छलफल भइरहेको बैठकमा सहभागि नेता अर्जुननरसिंह केसीले जानकारी दिए।


उनका अनुसार संसदीय समितिहरुमा समेत अध्यादेशको विरोधमा शशक्त बिरोध गर्ने निणर्य बैठकले गर्ने छ। सरकारले प्रतिपक्षी दलका नेता र सभामुख बिना नै परिषद्को निणर्य बहुमतबाट गर्न सक्ने गरी अध्यादेश ल्याएपछि कांग्रेसले औपचारिक रुपमा बैठकबाट थप निणर्य लिन लागेको हो। बैठकमा काठमाडौंमा उपलब्ध पदाधिकारी सहित पूर्व पदाधिकारी र शीर्ष तहका नेताहरुलाई सहभागि छन।



बुधबार ०१, पुष २०७७ ०४:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal